अन्तर्वार्ता
तुरुन्तै तरलताको समस्या नहोला, ब्याजदर घट्दै जाने देखिन्छ: सुनिल केसी, सीइओ, एनएमबी बैंक
२०७७ जेठ २० गते १४:२६

यतिबेला नेपाल कोरोना संकटले गुज्रिरहेको छ । भाइरस संक्रमण जतिजति बढ्दैछ लकडाउनमा रहने अवधि पनि अनिश्चित बन्दै गएको छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र पनि बन्दाबन्दीमा रहेको छ । यही बन्दबन्दीका र संकटकाबीच सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याएको छ । अहिलेको आर्थिक संकट कस्तो हो र बजेटका व्यवस्थाहरुले त्यो संकट टार्न सहयोग गर्छन कि गर्दैनन् ? यही बिषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी ।
केसीको भनाईका केही हाइलाइट्सहरु–
- १०–११ प्रतिशतको ब्याज चलिरहेका बेला ५ प्रतिशतमा पुनर्कर्जा दिने बजेटले जुन व्यवस्था गरेको छ, त्यो सकारात्मक छ, पुनर्कर्जा पाउनेहरुलाई यसले राहत नै मिल्छ ।
- क्यासफ्लो नभएका ब्यवसायलाई समस्या छ त्यसैले असार मसान्तसम्म किस्ता तिर्दा जरिवाना नलाग्ने ब्यवस्था छ । अब ब्यवसाय खुलेपछि जसलाई क्यासफ्लो पुग्दैन उहाँहरुलाई रिफाइनान्सिङका लागि कुरा गरिरहेका छौं ।
- पर्यटन लगायत जुन क्षेत्रहरुलाई धेरै नै असर परेको छ, उहाँहरुलाई कर्जा पुनसंरचना गर्ने, रिफाइनान्सिङ गर्ने लगायतका उपाय अपनाएका छौं, उहाँहरुलाई बचाएर राख्नुपर्ने हाम्रो कर्तब्य हो ।
- हामीले यसअगाडि पनि यस्ता खालका संकट बेहोरेका छौं, ती संकट पार गरिसकेको हुँदा यो समस्या मिलेर समाधान गर्न सक्छौं, धेरै ब्यवसाय बन्द हुनुपर्ने अवस्थामा नपुग्ला भन्ने मेरो विश्वास छ ।
- लकडाउन खुल्नासाथ नर्मल भइहाल्ने अवस्था त छैन, केही समय पुरानो अवस्थामा फर्किन समय लाग्छ, राष्ट्रबैंक, वित्तीय संस्था र ब्यवसायीहरु मिलेर यो संकटलाई पार लगाउनुपर्छ ।
- सरकारले तरलता सहज बनाइदिने र कर्जाको ब्याज कम हुँदै जाने हो, नेपालमा पनि अब त्यही अवस्था देखिन्छ । कर्जाको माग कम हुने, स्प्रेड दर कम हुने र मूल्यवृद्धि ७ प्रतिशतकै हाराहारीमा हुने हो ब्याजदर केही कम हुन सक्ला ।
- अहिलेको अवस्थामै तरलताको कुनै ठूलो समस्या हुने देखिन्न, तर आगामी वर्ष जुन २२५ अर्ब आन्तरिक ऋण उठाउने भनिएको छ, त्यो कति चाँडो सिस्टममा आउँछ भन्ने कुराले निर्भर गर्छ ।
प्रतिक्रिया