समाज

गण्डकी प्रदेशमा थप १० जनाका कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ जेठ २० गते १२:०२
गण्डकी प्रदेशमा थप १० जनाका कोरोना संक्रमण पुष्टि

२० जेठ, २०७७, पोखरा । गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा र पर्वतमा ५–५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० वर्षीय ४ जना पुरुष र विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, पर्वत जिल्ला मा पहिलो पटक कोरोना भेटिएको छ ।

मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुषमा कोरोना भेटिएको छ । यस्तै महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा। विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, पर्वत, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *