आर्थिक

बजेटले निजी क्षेत्रको मनोबल बढाउन सकेन: वरिष्ठ उपध्यक्ष गोल्छा

हिमालय टिभी
२०७७ जेठ १९ गते १८:३०
बजेटले निजी क्षेत्रको मनोबल बढाउन सकेन: वरिष्ठ उपध्यक्ष गोल्छा

१९ जेठ, २०७७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल बढाउन नसकेको जनाएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अर्थतन्त्रमा परेको असर र उद्योग व्यवसायीका समस्यालाई सम्बोधन गर्ने गरी बजेट नआएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ छ ।

पुनर्कर्जाको आकार एक खर्ब पुर्‍याउने र साना तथा मझौला उद्योगी व्यवसायीलाई पहुँच दिने, बैंकको ब्याजदर ५ प्रतिशतमा झार्ने, कर्जालाई पुनर्तालिकीकरण गर्नुपर्ने लगायतका माग निजी क्षेत्रले राखेका थिए । तर बजेटले पुनर्कर्जा १ खर्ब पुर्‍याउने बाहेकका माग सम्बोधन नगरेको गोल्छाले बताउनुभयो ।

बाँकी मागहरु मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षामा आफूहरु रहेको उहाँले बताउनुभयो । उहाँले घरमा बस्ने श्रमिकको लागि ५० प्रतिशत र काममा आउनेको लागि पुरै तलब दिने उद्योगी व्यवसायीहरुको प्रस्तावलाई सरकारले वेवास्ता गरेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *