समाज

महोत्तरीमा कोरोना संक्रमित बढे, आइसोलेसन कक्ष अभाव

हिमालय टिभी
२०७७ जेठ १९ गते १३:०२
महोत्तरीमा कोरोना संक्रमित बढे, आइसोलेसन कक्ष अभाव

१९ जेठ, २०७७, महोत्तरी । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कुल ५० सङ्क्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि सङ्क्रमित थपिएपछि हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ ।

महोत्तरीमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ र आरडिटीबाट ३७ जना गरी ६० पुगेको छ । पिसिआरका १९ जना र आरडिटी नौ जना गरी २८ बिरामी उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पतालमा भर्ना भएका छन् ।

अन्यको उपचार जनकपुर कोरोना अस्पतालमा भइरहेको छ । भवनमा आइसोलेसन कक्ष र भेन्टिलेटरसहितका कक्ष निर्माण कार्य जारी रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भइसकेकालाई क्वारेन्टिनस्थलमै राखिँदा त्यहाँ रहेका अन्य व्यक्तिमा समेत सङ्क्रमण फैलिन सक्ने खतरा बढेको छ ।

जिल्ला अस्पतालमा आइसोलेसन कक्ष निर्माण हुन नसक्दा सङ्क्रमितलाई राख्ने स्थानको अभाव भएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या प्रतिदिन बढ्दै जान थालेपछि जिल्लाको मौजुदा क्षमताले उपचार प्रक्रिया थाम्न नसक्ने देखिएको छ ।

पिपिई, कीट, भिटिएम, आइसोलेसन श्यया, पिसिआर उपकरण र भेन्टिलेटर सामग्री तथा स्वास्थ्यकर्मीको जनशक्ति पनि अपुग भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *