विदेश

विश्वभर एकै दिन चार हजार बढी कोरोना भाइरस संक्रमित

हिमालय टिभी
२०७७ जेठ १८ गते १२:५९
विश्वभर एकै दिन चार हजार बढी कोरोना भाइरस संक्रमित

१८ जेठ, २०७७, काठमाडौं । विश्वभर नोबेल कोरोनाका कारण एकैदिन थप ४ हजार भन्दा बढीको मृत्यु भएको छ ।

गएको चौबिस घण्टामा विश्वभर कोरोना संक्रमणबाट ४ हजार ८४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा १ हजार १५, ब्राजिलमा ८ सय ९०, मेक्सिकोमा ३ सय ७१, बेलायतमा २ सय १५ तथा भारतमा २ सय ५ जना रहेका छन् ।

ब्राजिलमा आज थप १५ जनाको मृत्यु भएको छ । आज थप ५ सय १० जनाको मृत्युसँगै कोरोनाका कारण विश्वमा ३ लाख ७१ हजार १६ जनाको मृत्यु भैसकेको छ । सबैभन्दा बढी अमेरिकामा १ लाख ५ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ ।

यस्तै गएको एक दिनमा विश्वभर १ लाख २४ हजार भन्दा बढी संक्रमित थपिएका छन् । सबैभन्दा बढी ब्राजिलमा ३० हजार बढीमा संक्रमण पुष्टि हुँदा अमेरिकामा २३ हजार भन्दा बढी संक्रमित थपिए । अमेरिकामा संक्रमित संख्या १८ लाख १६ हजार ८ सय नाघेको छ ।

यस्तै ब्राजिलमा आज थप १ हजार ५ सय भन्दा बढीमा संक्रमण भएसँगै संक्रमित हुने ५ लाख नजिक पुगेका छन् । आज थप झण्डै ११ हजार संक्रमित थपिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६१ लाख ६१ हजार नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *