बाजुरा र डडेल्धुरामा भारतबाट आएका दुई बालबालिकाको मृत्यु

हिमालय टिभी
२०७७ जेठ १८ गते १२:२७
बाजुरा र डडेल्धुरामा भारतबाट आएका दुई बालबालिकाको मृत्यु

१८ जेठ, २०७७, काठमाडौं । बाजुरा र डडेलधुरामा भारतबाट आएका २ बालबालिकाको मृत्यु भएको छ ।

बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी २ वर्षे बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकी छ । आमाबुबासँगै ८ दिनअघि भारतबाट आएकी बुढीगंगा नगरपालिका–१ घर भएकी ती बालिका गाउँकै क्वारन्टिनमा विरामी परेपछि अस्पताल लगिएको थियो ।

पखाला, ज्वरो र श्वासप्रश्वास समस्या भएकी बालिकाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । यसैगरी डडेलधुरा बहुमुखी क्याम्पसको क्वारन्टिनमा रहेका ७ वर्षे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमाबुबासँगै गौरीफण्टा नाका भएर आएका ती बालकलाई अरुसँगै गाउँ लैजाने गरी डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारन्टिनमा रहेकै बेला राति बालक विरामी परेका थिए । उनलाई तत्तकालै अस्पताल लगे पनि डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बाजुरा र डडेलधुरामा ज्यान गुमाउने दुवै जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *