खेलकूद

रोजर फेडेरर विश्वका सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ जेठ १७ गते १२:४४
रोजर फेडेरर विश्वका सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा

टेनिस खेलाडी रोजर फेडेरर विश्वका सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा परेका छन् ।

फोर्ब्सद्वारा जारी नयाँ सूचि अनुसार फेडेरर विश्वमा सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीको सूचिमा पहिलो पटक शीर्ष स्थानमा पुगेका हुन् ।

विश्वका धेरै आय गर्ने खेलाडीको सूचिमा पहिलोपटक फुटबलका खेलाडीलाई पछि पार्दै टेनिसका फेडेररले शीर्ष स्थान कब्जा गरे। ३८ वर्षीय फेडेररले क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पारेका हुन् ।

८६ दशमलव २ मिलियन पाउण्ड आय गर्दै उनी गत वर्ष भन्दा चार स्थानमा माथि उक्लिएका हुन् । उनले गएको वर्ष झण्डै ८१ मिलियन पाउण्ड कमाएका थिए । फोर्ब्स सूचिको दोस्रो स्थानमा ८५ मिलियन पाउण्डसहित क्रिष्टियानो रोनाल्डो तथा तेस्रो स्थानमा ८४ मिलियन पाउण्डसहित लियोनल मेस्सी परेका छन् ।

कोरोना प्रकोपका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएकाले टेनिस खेलाडी सर्वाधिक कमाई गर्ने सूचिमा पहिलो पटक शीर्ष स्थानमा परेका हुन् ।

जापानी टेनिस खेलाडी नाओमी ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी बनेकी छिन् । उनी समग्रमा सूचिको २९ औ स्थानमा रहेकी छिन् ।

यस्तै, पछिल्ला चार बर्षमा सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी सेरेना विलियम्सलाई उछिन्दै ओसाका पहिलो पटक नम्बर एकमा उक्लिएकी हुन् । दुई पटककी ग्रान्डस्लाम विजेता ओसाकाले ३० दशमलव ७ मिलियन डलर आम्दानी गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्