विदेश

विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

हिमालय टिभी
२०७७ जेठ १७ गते १२:२६
विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

१७ जेठ, २०७७, न्युयोर्क । विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

डब्ल्यूएचओमा थप सुधारको अनुरोध गरेको तर असफल भएका कारण सबै सम्बन्ध अन्त्य भएको राष्ट्रपति ट्रम्पले घोषणा गरेका हुन् ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको र चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

ट्रम्पले अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थलाई दिइने पनि बताए । ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप पुनः यसपटक पनि दोहोर्‍याए ।

अमेरिकाले भन्दा चीनले थोरै आर्थिक सहयोग गरेपनि डब्ल्यूएचओ पूर्णरुपमा चीन नियन्त्रित रहेको राष्ट्रपति ट्रम्पको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *