विदेश

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघ्यो

हिमालय टिभी
२०७७ जेठ १६ गते १२:०४
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघ्यो

१६, जेठ, २००७७, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १ लाख ३ हजार नाघेको छ ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १ लाख ३ हजार ३३० पुगेको हो ।

पछिल्लो पटक थप १ हजार दुई सय २३ जनाको मृत्यु भएको हो । हिजो मात्रै एक हजार ५ सय ३५ जनाको मृत्यु भएको थियो । केही दिनयता दैनिक मृत्यु हुने एक हजार भन्दा कम रहेकोमा पछिल्लो पटक मृतक संख्या एक हजार माथि पुगेको हो ।

अमेरिकामा संक्रमण दर पनि बढेको छ । थप २२ हजार ५ सय ४३ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या १७ लाख ६८ हजार ३ सय नाघेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ९८ हजार ७ सय बढी उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ६६ हजार २ सय ९६ जनामध्ये १७ हजार दुई सय दुई जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी १ हजार २ सय ९४ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा केही बढी हो । यससँगै ब्राजिलमा मृत्यु हुने मानिसको संख्या २६ हजार ९ सय ९१ पुगेको छ ।

यस्तै एकै दिन २४ हजार भन्दा बढीमा कोरोना देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ३८ हजार ८ सय १२ पुगेको छ । संक्रमित हुनेको संख्यामा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

विश्वभर कोरोनाका कारण ३ लाख ६१ हजार ७ सय ७६ जनाको मृत्यु हुँदा ५९ लाख ७ सय ६६ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *