समाज
प्रख्यात गीतकार रत्नशम्शेर थापाको निधन
२०७७ जेठ १५ गते १५:१३
काठमाडौं । प्रख्यात गीतकार रत्नशम्शेर थापाको निधन भएको छ ।
आज विहान ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि हिजो अस्पताल भर्ना गरिएको थियो ।
बुधबार बेलुकी अस्वस्थ भएपछि थापालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।
थापाका ‘जाग लम्क चम्क हे , ‘ठट्टैमा यो बैस जान लाग्यो’, ‘घुम्तीमा नआउ है’ ‘‘विछोडको पीडा नसकी खप्न’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् ।
नारायण गोपालले गाएका सुरुवाती गीत थापाले नै लेख्नुभएको थियो । थापाका श्रीमती र २ छोरा छन् ।
प्रतिक्रिया