विदेश

कोरोनाका कारण वायुसेवा कम्पनी टाट पल्टने अवस्थामा

हिमालय टिभी
२०७७ जेठ १५ गते १४:०८
कोरोनाका कारण वायुसेवा कम्पनी टाट पल्टने अवस्थामा

१५ जेठ, २०७७, लण्डन । कोरोना संकटका कारण एकपछि अर्को गर्दै वासुसेवा कम्पनी टाट पल्टिने अवस्थामा पुगेका छन् भने कतिपयले कर्मचारी कटौती गर्न थालेका छन् ।

यसैबीच बेलायतको बजेट एयरलाइन्स इजीजेटले ३० प्रतिशत कर्मचारी कटौति गर्ने भएको छ । एयरलाइन्स संकटमा पर्ने थालेपछि उसले ४५ सय कर्मचारीलाई विदा गर्ने निर्णय गरेको हो ।

यसअघि ब्रिटिस एयरवेज र रेयान एयरले पनि कर्मचारी कटौति गरिसकेका छन् । इजीजेट अन्तर्गत युरोपका आठवटा देशमा १५ हजार कर्मचारी छन् । कोरोना भाइरसका कारण हवाई यात्रामा प्रतिबन्ध लागेसँगै वायुसेवा कम्पनी संकटमा पर्न थालेका छन् ।

यसअघि चिलिको ल्यातम एयरलाइन्स, कोलम्बियाको एभियांका, अष्ट्रेलियाको भर्जिन अष्ट्रेलिया, थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहकले पनि संकटमा परेको घोषणा गरिसकेका छन् । केही विमान कम्पनीले खरिदकर्ता खोजिरहेका छन् भने कतिपयले ऋण तिर्ने समय लम्ब्याइदिन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *