खेलकूद
बलर शेहान मदुशंकामाथि प्रतिबन्ध
२०७७ जेठ १४ गते १४:५०

श्रीलंका । श्रीलंकन क्रिकेट बोर्डले बलर शेहान मदुशंकालाई प्रतिबन्ध लगाएको छ ।
लागु औषध बोकेको अवस्थामा पक्राउ परेका उनलाई बोर्डले अनुसन्धान नसकिएसम्मका लागि खेल्न प्रतिबन्ध लगाएको हो । अनुसन्धानाको रिपोर्ट आएपछि थप निर्णय लिइने बोर्डले जनाएको छ ।
गत शनिबार उनी दुई दशमलब सात ग्राम हेरोइनसहित पक्राउ परेका उनी अहिले प्रहरी हिरासतमा छन् ।
२५ वर्षे मदुशंकाले सन् २०१८ मा श्रीलंकाका लागि तीन वटा एक दिवशीय खेल खेलेका थिए । बंगलादेशविरुद्ध डेब्यू गरेका उनले पहिलो एक दिवशीय खेलमै ह्याट्रिक गरेका थिए ।
प्रतिक्रिया