संविधान संशोधन विधेयकको समर्थन गर्ने राप्रपाको निर्णय

हिमालय टिभी
२०७७ जेठ १४ गते १४:२९
संविधान संशोधन विधेयकको समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकको समर्थन गर्ने निर्णय गरेको छ ।

राप्रपाका अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभामा राप्रपाका एक जना सांसद् राजेन्द्र लिङ्देन मात्रै हुनुहुन्छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएपछि सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *