समाज

ललितपुरको दुर्गम क्षेत्रमा हावाहुरीबाट ठुलो क्षति

हिमालय टिभी
२०७७ जेठ १४ गते १४:२५
ललितपुरको दुर्गम क्षेत्रमा हावाहुरीबाट ठुलो क्षति

ललितपुर । ललितपुरमा दुर्गम क्षेत्रमा हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ ।

हिजो आएको हावाहुरीले दर्जनौ घरका छाना उडाएको छ । तरकारीको टनेल र बिजुलीको पोल ढलेका छन् । त्यस्तै टेलिफोन टावरमा समेत क्षति पुगेको छ ।

महाँकाल गाउँपालिका र बागमती गाउँपालिकामा हावाहुरीबाट बढी क्षति पुगेको छ । हावाहुरीका कारण पोल ढलेपछि ललितपुरको दक्षिण क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

टेलिफोनको टावरमा समेत क्षति पुगेकाले सेवा अवरुद्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *