समाज
भेरीमा बेपत्ताको खोजीमा गोताखोर परिचालन
२०७७ जेठ १४ गते १४:१९

रुकुम । पश्चिम रुकुममा भेरी नदीमा बेपत्ता तीन जनाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट खटिएको सशस्त्र प्रहरीको टोली खोजीमा जुटेको हो ।
चार जना गोताखोरसहित १८ जना सशस्त्र प्रहरीको टोली खोजीमा सक्रिय छ । जाजरकोटबाट पश्चिम रुकुममा विवाहका लागि प्रेमिका लिन गएका नवराज विक सहितका युवालाई गाउँलेले आक्रमण गरेका थिए ।
घटनामा मारिएका ३ जना युवकको शव भेरी नदीमा भेटिएको छ । अरु ३ जना अझै बेपत्ता छन् ।
प्रतिक्रिया