नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद पुनः चर्केको छ। नेपाली भूमिसहित भारतले नक्सा जारी गरेपछि चुलिएको सीमा विवाद नेपाली भूमिमा भारतले सडक निर्माण गरेपछि झनै नयाँ मोडमा पुगेको छ। सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सासमेत जारी गरिसकेको छ। यसले भारतलाई वार्तामा बस्न थप दबाव सिर्जना गरेको जानकारहरु बताउँछन् । यसै विषयमा सहकर्मी बोमलाल गिरीले विश्लेषक डा. इन्द्र अधिकारीसँग कुराकानी गर्नुभएको छ–
