खेलकूद

जर्मन बुन्डेसलिगा फूटबलमा बायर्न म्युनिखको अपराजित यात्रा कायमै

हिमालय टिभी
२०७७ जेठ १४ गते १२:३७
जर्मन बुन्डेसलिगा फूटबलमा बायर्न म्युनिखको अपराजित यात्रा कायमै

काठमाडौं । जर्मन बुन्डेसलिगा फूटबलमा बायर्न म्युनिखले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

गएराति सम्पन्न खेलमा शीर्ष स्थानको बायर्नले बोरुसिया डर्टमण्डमाथि एक(शुन्य गोलको जित निकालेको हो । कोरोना भाइरसको महामारीबीच जारी लीग अन्तर्गत उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले निर्णायक गोल गरे ।

खेलको ४३ औं मिनेटमा किमिचले गरेको गोल नै बायर्नको जितमा निर्णायक सावित भयो । जितसँगै बायर्नको उपाधि यात्रा थप बलियो बनेको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दूरी समेत ७ अंकको बढाएको छ ।

बायर्नले २८ खेलबाट ६४ अंक जोड्दा समान खेल खेल्दै दोस्रो स्थानको डर्टमण्डको ५७ अंक रहेको छ । बुन्डेसलिगा अन्तर्गत नै भएका खेलमा उल्फवर्गले बायर लिभरकुसेनलाई ४(१ गोलले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्