आर्थिक

सरकारको आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि करिब ३ प्रतिशतमा खुम्चने

हिमालय टिभी
२०७७ जेठ १३ गते १७:४५
सरकारको आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि करिब ३ प्रतिशतमा खुम्चने

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा झर्ने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिनुभयो ।

यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २।२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ० दशमलव ०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशतको लक्ष्य राखेको थियो । तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको छ । बजेटको मध्यावधि समीक्षामा पनि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले लक्ष्यको हाराहारीमै आर्थिक वृद्धि हात पार्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *