खेलकूद

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

हिमालय टिभी
२०७६ भदौ २८ गते ७:२८
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीको अध्यक्षमा फेरि पनि जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।

आज भएको चुनावमा श्रेष्ठले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मतले पछि पारेका हुन् । जीवनरामले १७ मत पाए भने उमेशलालले १० मत मात्र पाए । यसअघिको चुनावमा पनि जीवनरामले उमेशलाललाई नै पराजित गरेका थिए ।
यस्तै महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १५ मत ल्याएका हुन् । उनले पुरेन्द्र बिक्रम लाखेलाई ३ मतले पछि पारेका हुन् ।

त्यस्तै सचिवमा उम्मेदवारी दिएका राष्ट्रिय खेलकुद परिषद राखेपका पूर्व सदस्य सचिव केशव कुमार बिष्ट पराजित भएका छन् । ३ जना सचिवका लागि भएको चुनावमा बिष्ट १७ मत मात्र ल्याएर चौथो भए। सचिवमा २५ मत ल्याएका दिपक हर्ष वज्राचार्य, २१ मतसहित तुलसी थापा र १८ मत ल्याएका रामजी श्रेष्ठ निर्वाचित भए ।

यस्तै उपाध्यक्षमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भएका छन् । २७ जना मतदाता रहेकोमा समिमले १२ मत मात्र प्राप्त गरे । ५ जना उपाध्यक्ष रहने ओलम्पिक कमिटिमा ८ जनाको उम्मेदवारी परेको थियो । उपाध्यक्ष ज्योती राणा २६, चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्