समाज

सुरु भयो पितृपक्ष अर्थात सोह्रश्राद्ध

हिमालय टिभी
२०७६ भदौ २८ गते ७:१७
सुरु भयो पितृपक्ष अर्थात सोह्रश्राद्ध

काठमाडौं । हिन्दू परम्परा अनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ ।

सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।

बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।

सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व हो भनी शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। यी तिथिमा कारणबस रोकिए कृष्ण औँसी, अष्टमी वा द्वादशीका दिन जुराएर श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता छ ।

शास्त्रीय परम्परा अनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्ध भर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ । स्रोह्रश्राद्ध सकिएपछि दशैं शुरु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्