समाज
डेंगुसँगै स्क्रब टाइफसको समस्या पनि बढ्दै
२०७६ भदौ २७ गते ९:०५

काठमाडौं । पछिल्ला दिनमा डेंगुसँगै स्क्रब टाइफसको समस्या पनि बढ्दै गएको छ ।
डेंगी भएको भन्दै अस्पताल पुगेका बिरामीमा स्क्रब टाइफस पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । स्क्रब टाइफसको संक्रमणबाट चितवनमा दुई महिनामा दुई जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
रौतहट र गैडाकोटका बिरामीको उपचारका क्रममा चितवनमा मृत्यु भएको कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले बताउनुभयो ।
दुई महिनाको अवधिमा ५५ जना स्क्रब टाइफसका संक्रमित उपचारका लागि चितवनका अस्पतालमा पुगेका छन् । स्क्रब टाइफसको समस्या वर्षेनी नै देखिने गरेको छ । स्क्रब टाइफस संक्रमित माइट अर्थात सुलसुलेको टोकाइबाट सर्ने गर्छ ।
प्रतिक्रिया