आर्थिक

दसैंको अग्रम टिकट बुकिङ असोज ५ गतेबाट खुल्ने

हिमालय टिभी
२०७६ भदौ २७ गते ८:५९
दसैंको अग्रम टिकट बुकिङ असोज ५ गतेबाट खुल्ने

काठमाडौं । दसैंका लागि लक्षित गरेर आगामी असोज ५ गतेदेिख सार्वजनिक यातायातमा अग्रिम टिकट खुलाइने भएको छ ।

यातायात व्यवस्था विभागमा बिहीबार यातायात व्यवसायी र ट्राफिक प्रहरीसमेत सहभागी बैठकले यात्रुले दशैँअगावै टिकट काट्ने व्यवस्था मिलाइने निर्णय गरेको हो । यात्रुको सहजताका लागि १४ स्थानमा यात्रु सहायता कक्षको समेत व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

त्यस्तै विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रिय यातायात व्यवस्थापन अनुगमन समिति समेत गठन भएको छ । समितिले टिकटमा हुन सक्ने कालोबजारी अनुगमन गर्ने जिम्मा पाएको छ । समितिबाहेक ट्राफिक प्रहरीले समेत अनुगमन गर्नेछ ।

व्यवसायीले भाडा बढाउनुपर्ने माग राख्दै आए पनि विभागले दसैंपछि भाडा पुनर्रावलोकन गर्ने आश्वासन दिएपछि बुकिङ खुलाउन व्यवसायी राजी भएका हुन् ।

अघिल्ला वर्षमा दशैँलाई लक्षित गरेर नयाँ बस भित्र्याउने गरिएकामा यो वर्ष नयाँ खरीद नगरिएकाले भएकैलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको यातायात व्यवशायी महाससंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । वर्षेनी दशैँ शुरु हुनुभन्दा झण्डै एक महीना अघि नै अग्रिम टिकट खुलाउने गरेकामा यो वर्ष गत वर्षभन्दा ढिलो टिकट खुल्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *