समाज

सेनाको इतिहासमा पहिलोपटक सेनापतिको सम्पत्ति विवरण सार्वजनिक

हिमालय टिभी
२०७६ भदौ २४ गते १२:४३
सेनाको इतिहासमा पहिलोपटक सेनापतिको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेभसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बिच उहाँले सम्पत्ति वितरण सार्वजनिक गर्नुभयो । प्रधानसेनापति थापाले नेपाली सेना सबैलाई सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराउनुभयो ।

प्रधानसेनापतिसँग दुई वटा बैंकमा ६५ लाख नगद छ । त्यस्तै उहाँसँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार पनि छ । श्रीमतीको नाममा ५० हजार नगद छ ।

श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घरजग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानसेनापति थापाले नेपाली सेनामा हुने भ्रष्टाचार नियन्त्रणका लागि विशेष योजना ल्याउने घोषणा पनि गर्नु भयो ।

प्रधानसेनापति थापाले सेनाका रथी र अधिकृतको सम्पत्तिको छानबिनको काम पनि थाल्ने योजना अघि सार्नु भयो । उहाँले नेपाली सेनालाई बदनाम गराउने कुनै पनि काम गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्