खेलकूद
ताजकिस्तानलाई पराजित गर्दै नेपाल नादेझ्दा कप फूटबलको फाइनल प्रवेश
२०७६ भदौ २४ गते ११:००

काठमाडौं । ताजकिस्तानलाई हराउँदै नेपाली महिला फूटबल टिम किर्गिजिस्तानमा जारी नादेझ्दा कप फूटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
पहिलो खेलमा आयोजक किर्गिजिस्तानलाई ८–२ ले हराएको नेपालले आज ताजिकिस्तानलाई १–शून्यले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारीको एक मात्र गोल निर्णायक बन्यो ।
पहिलो हाफ गोलरहित बनेको खेलको ८६औं मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी थिइन् । जितसँगै नेपाल फाइनलमा पुगेको छ ।
प्रतियोगिताको फाइनल खेल पर्सि हुनेछ । उज्वेकिस्तानले फाइनल यात्रा पक्का गरिसकेको छ । यसअघिका दुई खेलमा जित हात पार्दै उज्वेकिस्तान फाइनलमा पुगेको हो । उज्वेकिस्तानले नेपाललाई २(शून्यले हराएको थियो भने ताजिकिस्तानलाई १२–शून्यले हराएको थियो ।
प्रतिक्रिया