समाज
एनसेल प्रकरणः न्यायाधीशमाथि महाभियोग लगाउन माग
२०७६ भदौ २४ गते ९:०२
काठमाडौं । एनसेलको करका बारेमा सर्वोच्च अदालतका पछिल्लो फैसलाप्रति गम्भीर आपत्ति जनाउँदै सत्तारुढ नेकपाका सांसदले न्यायाधीशमाथि महाभियोग लगाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा नेकपा सांसदहरुले सर्वोच्चको फैसलामाथि गम्भीर छानबिन गर्न र न्यायाधीशमाथि महाभियोग लगाउन माग गरेका हुन् । सर्वोच्च अदालतले क्षेत्राधिकार नाघेको सांसदहरुको आरोप छ ।
ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड बाँकी कर निर्धारण गरेपनि भदौ ९ गते सर्वोच्चले एनसेलले थाहा पाएको मितिदेखि मात्रै जरिवाना तिर्न फैसला गर्दै ठूला करदाता कार्यालयको निर्णय खारेज गरेको थियो । त्यसको सर्वत्र विरोध भैरहेको छ ।
प्रतिक्रिया