समाज
खातुनको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य राज्यमन्त्री यादवको निर्देशन
२०७६ भदौ २४ गते ८:१५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई कीर्तिपुर अस्पताल उपचार गराइरहेकी मुस्कान खातुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
वीरगञ्जस्थित हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत खातुन शक्रबार बिहान एसिड आक्रमणमा परी घाइते हुनुभएको थियो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले खातुनको उपचारका लागि पाँच लाख रुपैंया दिने निर्णय गर्नुभएको छ ।
घाइते मुस्कानको उपचारमा कुनै कमी हुन नदिन केन्द्र सरकार र प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले एसिड आक्रमणबाट घाइते किशोरीको उपचारका लागि पचास हजार दिनु भएको छ ।
प्रतिक्रिया