समाज
आज १०६औँ विपी जन्मजयन्ती मनाइँदै
२०७६ भदौ २४ गते ७:३१

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदैछ।
विपी जयन्तीका अवसरमा कांग्रेस, उसका भातृ संस्था र विपी संग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम सम्बत १९७१ भदौ २४ गते जन्म भएको थियो। भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासन अन्त गर्न विसं २००३ मा विपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो।
विपीको २०३९ साल साउन ६ गते क्यान्सर रोगबाट निधन भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।
प्रतिक्रिया