समाज

आज ४०औं राष्ट्रिय शिक्षा दिवस मनाइँदै

हिमालय टिभी
२०७६ भदौ २२ गते ७:२७
आज ४०औं राष्ट्रिय शिक्षा दिवस मनाइँदै

काठमाडौं । आज ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

‘हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर मनाउन लागिएको हो।

४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा विषेश कार्यक्रम गरिँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने कार्यक्रममा विभिन्न ११ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु पुरस्कृत हुँदैछन्।

यस्तै राष्ट्रिय शिक्षा दिवसको अवसरमा आङ्गिक, सामुदायिक र निजी क्षेत्रका ३ वटा क्याम्पसलाई उत्कृष्टताको आधारमा नगदसहित पुरस्कृत गर्ने गरिने मन्त्रालयले जनाएको छ। दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देश दिंदै जीवन उपयोगी शिक्षाको विकास सरकारको प्राथमिकता रहेको बताउनु भएको छ ।

अहिलेसम्म ५१ वटा पुर्ण साक्षर जिल्ला घोषित भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दुइ वर्षभित्र साक्षर नेपाल घोषणा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्