खेलकूद

नेपालले त्रिकोणात्मक ट्वेन्टीट्वेन्टी श्रृङ्खलामा सहभागिता जनाउने

हिमालय टिभी
२०७६ भदौ २१ गते ८:११
नेपालले त्रिकोणात्मक  ट्वेन्टीट्वेन्टी श्रृङ्खलामा सहभागिता जनाउने

काठमाडौं । नेपालले सिंगापुरमा जिम्बाबे सम्मिलत त्रिकोणात्मक ट्वेन्टीट्वेन्टी श्रृङ्खलामा सहभागिता जनाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मान्यता दिएको उक्त प्रतियोगिता सेप्टेमबर २५ देखि अक्टोबल ४ सम्म हुनेछ । सिंगापुर क्रिकेट संघले आयोजना गर्ने यी सबै खेललाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।

जनवरीदेखि आइसीसीले मान्यता प्राप्त राष्ट्रको खेललाई ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रको खेलमा राखेको थियो । आइसीसी ट्वेन्टीट्वेन्टीअन्तर्राष्ट्रिय वरियतामा नेपाल ११, जिम्बाबे १४ र सिंगापुर २१औं स्थानमा छन् ।

सिंगापुरमै अघिल्लो महिना भएको विश्व ट्वेन्टीट्वेन्टी छनोटको एशिया क्षेत्रमा नेपाल चुकेका थियो । सिंगापुर विजेता बन्दै अक्टोबरमा युएइमा हुने विश्व ट्वेन्टीट्वेन्टी छनोटमा खेल्ने क्रममा छ । त्यसको तयारी स्वरुप सिंगापुरले यो प्रतियेगिता गर्न लागेको हो । जिम्बाबे २० वर्ष पछि सिंगापुर आएर खेल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *