समाज
मानव बेचविखन रोक्न सरकारी गम्भीरः गृहमन्त्री थापा
२०७६ भदौ २० गते ९:२७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ ।
मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा गृहमन्त्री थापाले अपराध रोक्न सबै प्रयास गरिरहेको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढेको भन्दै समस्या समाधानका लागि सरोकारवाला सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
मन्त्री थापाले प्रभावकारी नियन्त्रणका लागि अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि बताउनुभयो ।
प्रतिक्रिया