समाज
आर्थिक समृद्धिबिना गणतन्त्र धरापमाः प्रचण्ड
२०७६ भदौ २० गते ७:४७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिबिना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा बताउनु भएको छ।
काठमाडौंमा सुरु भएको ट्रेकिङ एजेन्सिस एसोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारण सभा उद्घाटनमा उहाँले निजी क्षेत्रलाई विश्वासमा लिन सक्ने गरी नीति र कानून निर्माण गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।
अध्यक्ष प्रचण्डले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्मरण गराउनु भयो ।
साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया