विदेश

जिम्बाबेका पूर्व राष्ट्रपति मुगावेको ९५ वर्षको उमेरमा निधन

हिमालय टिभी
२०७६ भदौ २० गते ७:४३
जिम्बाबेका पूर्व राष्ट्रपति मुगावेको ९५ वर्षको उमेरमा निधन

जिम्बाबे । जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा आज शुक्रबार निधन भएको छ ।

स्वास्थ्यसम्बन्धी विभिन्न समस्या झेलिरहेका मुगावेको निधन भएको हो । गत अप्रिलदेखि सिंगापुरको एक अस्पतालमा उनको उपचार भइरहेको थियो ।

जिम्बाबेका वर्तमान राष्ट्रपति इमर्सन मनाङगाग्वाले राष्ट्र निर्माता मुगावेको निधनमा गहिरो दुख प्रकट गरेका छन्। मुगावेले जिम्बाबे बेलायतबाट स्वतन्त्र भएपछिको पहिलो निर्वाचन जितेका थिए ।

उनी सन् १९८० मा प्रधानमन्त्री भएकोमा त्यसपछि सो पद नै खारेज गरेर सन् १९८७ देखि राष्ट्रपति भएका थिए । तीन दशक लामो समय जिम्बाबेका राष्ट्रपति पदमा रहेका मुगाबे नोभेम्बर २०१७ मा सैनिक ‘कु मार्फत् पदबाट हटाइएका थिए । उनी २१ फेब्रुअरी १९२४ मा जन्मेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *