समाज

कार खोलाले बगाउँदा एक जनाको मृत्यु, दुई जना घाइते

हिमालय टिभी
२०७६ भदौ २० गते ७:१६
कार खोलाले बगाउँदा एक जनाको मृत्यु, दुई जना घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।

घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गए राति साढे ११ बजे खोलाले बगाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्