समाज

राजधानीसहित देशका ४२ जिल्लामा डेंगुको प्रभाव, सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव

हिमालय टिभी
२०७६ भदौ २० गते ७:०९
राजधानीसहित देशका ४२ जिल्लामा डेंगुको प्रभाव, सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव

काठमाडौं । डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ ।

सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन नसक्दा यसले दिनदिनै भयावह रूप लिँदै जान थालेको हो । काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३ सय ३१ जना प्रभावित भएका छन् ।

बितेको ६० दिनमा देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, उहाँका छोरा मिरुल खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको छ ।

यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् । डेंगु महामारीका रूपमा फैलिएपछि मन्त्रालयले घरआँगन सरसफाइबाटै नियन्त्रणमा लाग्न आमनागरिकलाई आग्रह गरिएको महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताउनुभयो ।

गत जेठमा धरान नगरपालिकाबाट फैलिएको डेंगु हाल ४२ जिल्लामा फैलिएको छ ।

चिकित्सकका अनुसार डेंगु संक्रमण फैलाउने लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्छ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ जोर्नी दुख्ने, रातोरातो बिमिरा देखापर्ने लक्ष्यण देखिएमा डेंगुको संक्रमण हुन सक्ने भन्दै उपचारमा ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्