समाज

बालुवाटार जग्गा प्रकरण : बयानका लागि अख्तियारले थप ५८ जनालाई बोलायो

हिमालय टिभी
२०७६ भदौ १८ गते ७:३७

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको दायरा फराकिलो बनाएको छ । पत्रिकामै सूचना निकालेर आयोगले थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।

आयोगले सार्वजनिक सूचनामार्फत ५८ जनाको नामै किटेर सात दिनभित्र अख्तियारमा हाजिर हुन निर्देशन दिएको छ ।

यसअघि अख्तियारले दुई पटक सार्वजनिक सुचना निकाली ८९ जनालाई बयानका लागि बोलाएको थियो । वयानका लागि आयोगले २ महिनामा १ सय ४७ जनालाई बोलाएको छ । बयानका लागि बोलाइएकाहरु ललिता निवास जग्गा अनियमितता प्रकरणका कुनै न कुनै रुपमा संलग्न हुन् ।

उनीहरुमाथि ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २ सय ९९ रोपनी सरकारी जग्गा विभिन्न मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा व्यक्तिका नाममा नामसारी गर्न सहयोग गरेको आरोप छ । यही आरोपमा उनीहरुमाथि अख्तियारको अनुसन्धान छ ।

ललिता निवासले चर्चेको जग्गा सम्बन्धी छानविन गर्न सरकारले गठन गरेको शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले जग्गा हडपेको प्रमाणसहित प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

हाइप्रोफाइल व्यक्तिहरुको समेत संलग्नता देखिएको ललिता निवास जग्गा प्रकरणमा अख्तियारको छानविनलाई चासोका साथ हेरिएको छ । यस प्रकरणमा अख्तियारबाहेक प्रहरीको केन्द्रीय अनुसन्धान विभागले समेत छुट्टै छानविन गरिररहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्