खेलकूद

फिफाद्वारा सन् २०२२ मा कतारमा हुने विश्वकपको लोगो सार्वजनिक

हिमालय टिभी
२०७६ भदौ १८ गते ७:३०
फिफाद्वारा सन् २०२२ मा कतारमा हुने  विश्वकपको लोगो सार्वजनिक

काठमाडौं । फूटबलको सर्वोच्च निकाय फेडेरेसन इन्टरनेसनल फूटबल एसोसिएसन फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ ।

फिफाले गएराति कतार विश्वकपको लोगो सार्वजनिक गरेको हो । लोगोमा खाडी मुलुकहरुको संस्कृति तथा मरुभूमि समावेश गरिएको छ ।

कतारमा सन् २०२२ मा २२औं संस्करणको विश्वकप हुँदैछ। कतार विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउने छन् ।

सामान्यतया जुन–जुलाईमा हुने विश्वकप कतारमा भने नोभेम्बर र डिसेम्बरमा हुने भएको छ । कतारमा जुन–जुलाईमा अत्यधिक गर्मी हुने भएकाले खेल ६ महिना पछि धकेलिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्