बिना सम्झौता ईयूबाट बाहिरिने बेलायती प्रधानमन्त्रीको प्रस्ताव असफल
लण्डन । आफ्नै पार्टीका सांसदले विपक्षमा मतदान गरेपछि बिना सम्झौता युरोपेली युनियनबाट बाहिरिने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्ताव असफल भएको छ ।
बिना सम्झौता इयुबाट बाहिरिने नो–डिल ब्रेक्सिट विधेयकलाई मार्ग प्रशस्त गर्नेगरि कानून बनाउने बेलायती प्रधानमन्त्री जोन्सनको योजना असफल भएको हो ।
सत्तारुढ दलका २१ सांसद तथा विपक्षी सांसदले प्रधानमन्त्री जोन्सनले ल्याएको विधेयकको विपक्षमा मतदान गरेका हुन् । हाउस अफ कमन्समा भएको मतदानमा विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको छ ।
यो विधेयक असफल भएसँगै अब इयुबाट बेलायतको बहिर्गनको मिति पछि सार्ने सम्बन्धी बिधेयक ल्याउने तयारी गरिएको छ ।
संसदमा आफूले ल्याएको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले आम चुनावको घोषणा गर्ने संकेत दिएका छन् । प्रधानमन्त्री जोन्सनले विधेयकको विपक्षमा मतदान गर्ने आफ्ना पार्टीका सांसदलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया