समाज
वीरगञ्जमा गोली हानेर एक जना युवक पक्राउ
२०७६ भदौ १८ गते ७:१५
पर्सा । वीरगञ्ज प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दास छन् ।
उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको डीएसपी गौतम थापाले जानकारी दिनुभयो । गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको डीएसपी थापाले बताउनुभयो ।
दासको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दास पहिले आपराधिक क्रियाकलापमा संलग्न थिए । यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजायँ भोगेका थिए ।
प्रतिक्रिया