खेलकूद

ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश

हिमालय टिभी
२०७६ भदौ १७ गते १२:१०
ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भदौ २० गतेका लागि तय भएको नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न आदेश दिएको छ ।

राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले चुनाव रोक्न माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले चुनाव रोक्न अन्तरिम आदेश जारी गरेको हो । अदालतले भदौ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यसबीचमा ओलम्पिक कमिटीको निर्वाचन नगराउन अदालतले सबै विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीले चुनाव गर्न लागेको भन्दै चित्रकारले रोक्न माग गर्दै रिट दायर गरेका थिए । तर चुनाव गर्न लागेको जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्