समाज

एटीएम ह्याकिङ प्रकरणमा ठमेलका मनी एक्सचेञ्ज संचालक पक्राउ

हिमालय टिभी
२०७६ भदौ १६ गते १२:२३
एटीएम ह्याकिङ प्रकरणमा ठमेलका मनी एक्सचेञ्ज संचालक पक्राउ

काठमाडौं । चिनियाँ ह्याकरले काठमाडौंका एटीएमबाट निकालेको रकम साट्ने ३ जना नेपाली ठमेलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपालय मनी चेञ्जरका सञ्चालक रोशन प्रधान श्रेष्ठ र प्रबन्धक रेवती दवाडी तथा डेक्सो मनी चेञ्जरका सञ्चालक वेदनाथ लामिछाने छन् ।

उनीहरुले चिनियाँ ह्याकरको ३० लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर साटिदिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ परेका उनीहरुमाथि गैरकानुनी रुपमा नेपाली पैसा सटही गरेको अभियोगमा मुद्दा चलाइने छ ।

यसअघि प्रहरीले ५ जना चिनियाँ र एक जना फ्रान्सेली नागरिकलाई पक्राउ गरेको थियो । रकम निकाल्ने २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चिनियाँ ह्याकरहरुले काठमाडौंको दरबारमार्ग र ठमेलमा रहेका एटिएमबाट शनिबार २ करोड रुपैयाँ बराबरको रकम निकालेका थिए । प्रहरीले अहिलेसम्म एटिएमबाट अनधिकृत रुपमा निकालिएको २ करोड रुपैयाँ बराबरको रकम वरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्