समाज

डाँका मुद्दामा फरार न्यौपानेमाथि प्रहरीद्वारा गोली प्रहार

हिमालय टिभी
२०७६ भदौ १६ गते १२:१६
डाँका मुद्दामा फरार न्यौपानेमाथि प्रहरीद्वारा गोली प्रहार

बाँके । चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका फरार व्यक्तिलाई आज प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै प्रहरीले खोजी सूचीमा रहेका नरेन्द्र न्यौपानेलाई गोली हानेर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरी ल्याउँदै थियो ।

तर, राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेको र त्यसपछि गोली चलाएर पक्राउ गरिएको बाँके प्रहरीले बताएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका ४ का न्यौपानेको बाँया खुट्टामा गोली लागेको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

२०६८ सालमा बर्दियाको बाँसगढीमा संयुक्त राष्ट्र संघको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा न्यौपानेसहितका व्यक्तिलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनीहरु फरार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्