आर्थिक
यात्रु नपाएपछि नेपाल एयरलाइन्सले जापान उडान कटौती गर्ने
२०७६ भदौ १६ गते ७:२१
काठमाडौं । यात्रुनै नपाएपछि नेपाल वायुसेवा निगमले जापान उडान कटौंती गर्ने भएको छ। एक दशकपछि गत सातादेखि सुरु भएको जापान उडानका लागि निगमले यात्रुनै पाउन सकेको छैन।
यात्रु नपाएपछि ठूलो नोक्सानीबाट बच्न निगमले उडान कटौंती गर्न लागेको हो। निगमका अनुसार २ सय ७४ सीट क्षमता भएको एयरबसका लागि ४० जना पनि यात्रु पाउन कठिन भएको छ।
निगमका उपप्रवन्ध निर्देशक एवं प्रवक्ता गणेशबहादुर चन्दले जापान सिभिल एभिएसन ब्यूरोलाई उडान कटौंतीका लागि पत्राचार गरेको जानकारी दिनुभयो । ब्यूरोबाट अनुमति पाएमा विहिबारको उडान रोकिनेछ।
जापानको नियम अनुसार फ्लाइट रोक्न ४५ दिन अगाडी नै जानकारी गराउनुपर्ने प्रावधान छ।
प्रतिक्रिया