समाज

बैंक लुट्ने ह्याकरहरुको योजनाकार स्पेनमा रहेको खुलासा

हिमालय टिभी
२०७६ भदौ १६ गते ७:१८
बैंक लुट्ने ह्याकरहरुको योजनाकार स्पेनमा रहेको खुलासा

काठमाडौं । ह्याकरहरुले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरी बैंकिङ प्रणाली आक्रमण गरेर करोडौं रुपैयाँ लुट्ने योजना बुनेको खुलासा भएको छ ।

शनिबार मध्यराति काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार स्पेनमा बसेर परिचालन गर्ने ती व्यक्ति पनि चिनियाँ नागरिक नै हुन् ।

प्रहरीले सीसीटीभी फुटेजको आधारमा अर्का एक चिनियाँ नागरिकलाई पनि विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्ने सु लुसली नामका ३६ वर्षीय चिनियाँ युवा हुन् योसँगै एटीएम ह्याक गर्न नेपाल आएका ६ जना चिनियाँ पक्राउ परेका छन् । १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान पुर्‍याएका ५ जनालाई प्रहरीले हिजो सार्वजनिक गरेको थियो ।

होटलमा बस्ने व्यवस्था पनि विदेशबाटै अनलाइन सिस्टमको प्रयोग गरेर भएको थियो । पक्राउ परेकामध्ये लियांग प्रविधिमा समेत दख्खल राख्ने व्यक्ति हुन् । उनले नै स्पेनमा रहेका ‘मास्टरमाइन्ड’सँग ल्यापटपमार्फत कम्युनिकेट गर्ने गरेको देखिएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका व्यक्तिलाई अपरेशन सफल बनाएर फर्किए प्रतिव्यक्ति १० हजार युआन दिने सहमति भएको थियो । दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमममा अस्वाभाविक रुपमा रकम निस्किएको देखिएपछि प्रहरीको सकृयतामा करोडौं लुट्ने उनीहरुको योजना असफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्