समाज

प्रधानमन्त्री नयाँ उपचार प्रक्रिया बुधबारसम्म चल्ने

हिमालय टिभी
२०७६ भदौ १५ गते १२:२४
प्रधानमन्त्री नयाँ उपचार प्रक्रिया बुधबारसम्म चल्ने

काठमाडौं । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट थालिएको नयाँ उपचार प्रक्रिया बुधबारसम्म चल्ने भएको छ ।

सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको अहिलेसम्म ५ पटक प्लाज्मा फेरेसिस गरेर मिर्गौलासम्बन्धी एन्टीबडीलाई निराकरण गरिएको छ ।

सोमबार छैटौं र बुधबार सातौं चरणको प्लाज्मा फेरेसिस प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभएको छ ।

सिंगापुरमा प्रधानमन्त्रीको उपचारमा संलग्न निजी चिकत्सक डाक्टर दिलिप शर्मालाई उद्धृत गर्दै प्रेस सल्लाहकार अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जानकारी दिनुभयो ।

१२ वर्षअघि प्रत्यारोपण गरिएकोे मृगौलामा समस्या देखिए पछि उहाँ भदौ ५ गते दोस्रो चरणको स्वास्थ्य उपचारका लागि सिंगापुर जानु भएको थियो । यसअघि गत साउन १८ देखि २७ गतेसम्म उहाँको त्यहि अस्पतालमा उपचार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्