समाज
राजदूत मिश्र र भारद्वाजद्वारा राष्ट्रपतिसमक्ष सपथ ग्रहण
२०७६ भदौ १५ गते १२:२१

काठमाडौं । बंगलादेश र भारतका लागि नवनियुक्त राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा भएको कार्यक्रममा बंगलादेशका लागि नवनियुक्त राजदूत डा. वंशीधर मिश्र र कतारका लागि नवनियुक्त राजदूत डा. नारदनाथ भारद्वाजले सपथ लिनु भएको हो ।
उहाँहरुलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले भदौ ११ गते राजदूत नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया