समाज

नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर काम गर्न विमास्थलका कर्मचारीलाई निर्देशन

हिमालय टिभी
२०७६ भदौ १५ गते १२:१७
नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर काम गर्न विमास्थलका कर्मचारीलाई निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर सकारात्मक सोचका साथ काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

विमानस्थलमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालप्रति विदेशीको नकारात्मक प्रभाव नपरोस् भन्ने उद्देश्यसहित कर्मचारीलाई काम गर्न निर्देशन दिनुभयो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलमा भए गरेका कमिकमजोरीलाई सुधार गरेर जाने र कर्मचारीलाई ऊर्जा दिने लक्ष्यसहित प्रशिक्षणको आयोजना गरेको बताउनुभयो ।

विमानस्थलका कर्मचारीको व्यवहार परिवर्तन गर्ने उद्देश्यले आयोजित प्रशिक्षण कार्यक्रम आगामी २० गतेसम्म चल्नेछ । कार्यक्रममा ९ सयभन्दा बढी विमानस्थलका कर्मचारी सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्