खेलकूद
नेपाली फूटबल टोली कुवेत प्रस्थान
२०७६ भदौ १५ गते ७:१७

काठमाडौं । फिफा विश्वकप दोस्रो चरणको छनोटअन्तर्गत पहिलो खेलका लागि नेपाली राष्ट्रिय फूटबल टोली आज कुवेत गएको छ ।
विश्वकप छनोटमा कुवेतविरुद्ध पहिलो खेलका लागि २३ सदस्यीय खेलाडीसहितको नेपाली टोली आज बिहान त्यसतर्फ गएको हो ।
नेपालले भदौ १९ गते कुवेतसँग उसैको घरेलु मैदान जब्बर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा खेल्नेछ । नियमित कप्तान विराज महर्जन टोलीमा नहुँदा उपकप्तान तथा गोल रक्षक किरण चेम्जोङले कप्तानी गर्ने बलियो संभावना छ ।
कुवेतविरुद्धका पछिल्ला ६ खेलमा नेपाल जितविहीन छ । पाँच खेल हारेको नेपालले एक खेल गोलरहित बराबरी गरेको थियो । विश्वकप छनोटअन्तर्गत नेपाल रहेको समूह बी मा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् ।
प्रतिक्रिया