समाज

पहिरोमा परिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु

हिमालय टिभी
२०७६ भदौ १५ गते ७:०७
पहिरोमा परिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका– २ तिमिलेमा पहिरोले एउटा घर पुर्दा तीन जनाको मृत्यु भएको छ ।

पहिरोले घर पर्दा दल बहादुर वलीकी श्रीमती र दुई छोरीको मृत्यु भएको हो । राती पौने २ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया श्रीमती पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला र तीन वर्षीया धनसराको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल हुनुभएको छ ।

यसैबीच पहिरोको कारण रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा पहिरो गएपछि रातिदेखि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले अहिले काम गर्न नसकिएको र पानी रोकिएपछि काम सुरु गरिने रसुवागढी जलविद्युत् आयोजनाका प्रशासकीय अधिकृत टीका पौडेलले बताउनुभयो । त्यस क्षेत्रमा शुक्रबार बिहान पनि पहिरोले सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्