विदेश

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७६ भदौ १५ गते ७:००
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजना मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

टेक्सासको पश्चिमी शहर ओडेसा र मिडल्याण्डमा ती बन्दुकधारीले गाडी चलाउँदै अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । बन्दुकधारी गोरो जातिका पुरुष रहेको र उनको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको अमेरिकी समाचार संस्था सिएनएनले जनाइएको छ ।

घाइतेको टेक्सासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा केही प्रहरी अधिकारीहरु पनि घाइते भएको सिएनएनले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको तिब्र अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

घटना लगत्तै ट्विट गर्दै राष्ट्रपति ट्रम्पले आतंकवादी गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका हुन् । चार हप्ताअघि टेक्सासको एल पासोमा अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गएको थियो । सो घटनामा अरु २४ जना घाइते भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *