समाज

तीजको तयारी पूरा, पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गरिने

हिमालय टिभी
२०७६ भदौ १५ गते ६:५९
तीजको तयारी पूरा, पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं । भोलिको तीजमा पशुपति दर्शन गर्न आउने व्रतालुको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

पशुपति क्षेत्र विकास कोषले नेपाल प्रहरीसँगको समन्वयमा तीज पर्वमा सुरक्षालाई ध्यान दिँदै पशुपति क्षेत्रमा सादा पोशाकका प्रहरी खटाइसकिएको जनाएको छ। मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिने छन्।

शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आग्रह गरेको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ।

सरकारी नम्बर प्लेटका सवारीसाधनलाई कोष कार्यालय र अन्यलाई अन्यत्रका स्थलमा पार्किङ गर्ने प्रबन्ध गरिएको कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्